Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कारागार विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित

कारागार विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित

  • मंगलवार, भाद्र २१ २०७९

  • 494
    SHARES

  • कारागार विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित

    काठमाडौं । कारागार विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार (आज) बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो ।

    बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।

    उहाँले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दी रहेको उल्लेख गर्दै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताउनुभएको छ ।

    जन्मकैदको सजाय, तेजाब आक्रमण, जबर्जस्तीकरणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागु औषधको ओसार पसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराध लगायतका २० वटा भन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।

    यो विधेयकलाई प्रतिनिधि सभाले यसअघि नै पारित गरिसकेको छ ।


    मंगलवार, भाद्र २१ २०७९०३:१६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij