Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निर्वाचनअघि नै गाडी किन्न नेपाल प्रहरीद्वारा टेण्डर आव्हान

निर्वाचनअघि नै गाडी किन्न नेपाल प्रहरीद्वारा टेण्डर आव्हान

  • मंगलवार, भाद्र २१ २०७९

  • 570
    SHARES

  • निर्वाचनअघि नै गाडी किन्न नेपाल प्रहरीद्वारा टेण्डर आव्हान

    काठमाडौं । नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आव्हान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आव्हान गरेको हो ।

    नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ मन्त्रालयले प्रहरीका लागी गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि सो टेण्डर आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    अर्थ मन्त्रालयले प्रहरीलाई ५० लाख नबढ्ने गरी गाडी खरिद गर्न भनेको छ । मङ्सिरमा ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि नै पिकअप गाडी खरिद गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सशस्त्र प्रहरी बलले पनि ६० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई गाडी खरिद गर्न २५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । सशस्त्रले ५० लाख दरका २५ वटा र ३५ लाख दरका ३५ वटा गाडी खरिद गर्न टेण्डर आव्हान गरेको छ ।

    गृह मन्त्रालयले पनि चुनावअघि २५ वटा गाडी किन्ने भएको छ । गृहले ५० लाख रुपैयाँ प्रतिगोटाका दरले गाडी खरिद गर्दै छ । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अघि पनि सुरक्षा निकायले गाडी किन्नका लागी बजेट मागेका थिए ।

    तर, अर्थ मन्त्रालयले रकम नदिँदा गाडी खरिद प्रक्रिया अघि बढेको थिएन ।


    मंगलवार, भाद्र २१ २०७९०२:११:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij