Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँड सहमति नजिक छ, न्यायोचित र सम्मानजनक निर्णय हुन्छ : रकम चेम्जोङ

सिट बाँडफाँड सहमति नजिक छ, न्यायोचित र सम्मानजनक निर्णय हुन्छ : रकम चेम्जोङ

  • मंगलवार, भाद्र २१ २०७९

  • 516
    SHARES

  • सिट बाँडफाँड सहमति नजिक छ, न्यायोचित र सम्मानजनक निर्णय हुन्छ : रकम चेम्जोङ

    काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज मंगलबार पनि बस्दैछ।

    कार्यदलका सदस्य रकम चेम्जोङका अनुसार आजको बैठक साँझ ६ बजे बोलाईएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका चेम्जोङले सिट बाँडफाँडमा सहमतिको नजिक पुगेकाले अब चाँडै टुङ्गोमा पुग्ने बताउनुभयो ।

    दलहरुले दाबी गर्दै आइरहेको सिट संख्याबाट पछि हट्दै आइरहेकाले १६५ सिटमै सबैका लागि न्यायोचित र सम्मानजनक हुनेगरी अब आजको बैठकबाट निर्णय लिइने नेता चेम्जोङको भनाइ छ ।

    हिजो सोमबार दिनभर बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्ने भएको हो । आज सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

    संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आज नै प्रतिवेदन तयार पारिने उहाँले बताउनुभयो । नेता चेम्जोङले आजसम्म टुंग्याउने गरी सोमबारको बैठक टुंगिएको जानकारी दिँदै सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको बताउनुभयो ।


    मंगलवार, भाद्र २१ २०७९०७:४३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij