Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महाभियोगमा कुनै सत्यता छैनः जबरा

महाभियोगमा कुनै सत्यता छैनः जबरा

  • आइतवार, भाद्र १९ २०७९

  • 577
    SHARES

  • महाभियोगमा कुनै सत्यता छैनः जबरा

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोग भ्रामक भएको बताउनुभएको छ ।

    तेस्रो दिन आज बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग भ्रामक र निर्थक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,’ महाभियोग आरोप भ्रामक हो। सत्यता छैन। निर्थक छ।’

    दायित्वबाट नचुकेको उहाँको भनाइ छ। उहाँले न्यायीक नियुक्ति, सरुवा र काजमा एकरत्ती पनि आफू नचुकेको दावी गर्नुभएको छ । संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर नगएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,’ संविधानबमोजिम नियुक्त भएको हुँ। संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर गएको छैन।’

    संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रशोधन साँध्न खोजेको आरोप लगाउनुभयो ।

    न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।


    आइतवार, भाद्र १९ २०७९१२:५३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij