Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामचन्द्र पौडेलले पनि देखाए प्रधानमन्त्री बन्ने इच्छा, भन्छन्-देशले मलाई माग्यो

रामचन्द्र पौडेलले पनि देखाए प्रधानमन्त्री बन्ने इच्छा, भन्छन्-देशले मलाई माग्यो

  • शनिवार, भाद्र १८ २०७९

  • 804
    SHARES

  • रामचन्द्र पौडेलले पनि देखाए प्रधानमन्त्री बन्ने इच्छा, भन्छन्-देशले मलाई माग्यो

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताउनुभएको छ । आज तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा उहाँले सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि देशले आफ्नो भूमिका खोजेको जिकिर गर्नुभयो।

    “देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ,” उहाँले भन्नुभयो ।

    उहाँले थप्नुभयो, “देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु । देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि पनि मसंँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ ।”

    पौडेलले सुशासन भए मात्र देशले समृद्धि हासिल गर्न सक्ने भन्दै स्वतन्त्रता,सम्वद्र्धन र हितका लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ । म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन । नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ ।”


    शनिवार, भाद्र १८ २०७९०४:४८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij