Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को नतिजा आज

कक्षा १२ को नतिजा आज

  • शुक्रवार, भाद्र १७ २०७९

  • 835
    SHARES

  • कक्षा १२ को नतिजा आज

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशनलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    बैठकको मुख्य विषय परीक्षाको नतिजा सार्वजनिक नै रहेकाले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । ‘बैठक आह्वान गरेका छौं,’ सदस्य सचिव अर्यालले भन्नुभयो, ‘कुनै प्राविधिक समस्या आएन भने आज साँझ नै कक्षा १२ को नतिजा सार्वजनिक हुने सम्भावना छ ।’

    गत जेठ १६ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागि थिए ।


    शुक्रवार, भाद्र १७ २०७९०३:०७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij