Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको क्षेत्रबाट उम्मेदवार बन्न कांग्रेसबाट चार जनाको नाम सिफारिस

ओलीको क्षेत्रबाट उम्मेदवार बन्न कांग्रेसबाट चार जनाको नाम सिफारिस

  • बिहिवार, भाद्र १६ २०७९

  • 684
    SHARES

  • ओलीको क्षेत्रबाट उम्मेदवार बन्न कांग्रेसबाट चार जनाको नाम सिफारिस

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस भएको छ ।

    अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र पाण्डव अधिकारी, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष मेदनी सिटौला, २०७४ सालमा कांग्रेसमा प्रवेश गरेका विश्वदीप लिङदेन र महेन्द्रा सुब्बाको नाम सिफारिस गरिएको छ ।

    प्रतिनिधिसभा क्षेत्रीयसमितिले प्रत्यक्षतर्फ प्रदेश सभामा पनि सिफारिसमा गरेको छ ।

    झापा ५ (क) मा राजन भट्टराई ,जिबन राई, अनिलकृष्ण प्रसाईंको नाम सिफारिस गरिएको छ । प्रदेश खबाट ढुण्डिराज भण्डारी , शेरबहादुर भट्टराई र चन्द्रकला भण्डारीको नाम पठाइएको छ ।

     


    बिहिवार, भाद्र १६ २०७९०७:०८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij