Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

  • बुधवार, भाद्र १५ २०७९

  • 816
    SHARES

  • पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

    काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

    नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

    तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन नसकेको हो ।

    शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

    अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

    थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।


    बुधवार, भाद्र १५ २०७९०२:३७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij