Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतीय सेनापति मनोज पाण्डे नेपाल आउँदै

भारतीय सेनापति मनोज पाण्डे नेपाल आउँदै

  • बुधवार, भाद्र १५ २०७९

  • 750
    SHARES

  • भारतीय सेनापति  मनोज पाण्डे नेपाल आउँदै

    काठमाण्डौ । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे भदौ १९ गते नेपाल आउनुहुने भएको छ ।

    प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे पाँच सदस्यीय प्रतिनिधिसहित पाँच दिने नेपाल आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

    भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    यस्तै भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट एवम् छलफल भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम पनि रहेको छ ।

    यस्तै कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टर भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।

    नेपाल र भारतबीच एक अर्का देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने परम्परा रहेको छ ।


    बुधवार, भाद्र १५ २०७९०२:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij