Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले आफ्नै शक्तीको आधारमा निर्वाचनमा जान्छ : गोकर्ण विष्ट

एमाले आफ्नै शक्तीको आधारमा निर्वाचनमा जान्छ : गोकर्ण विष्ट

‘हामी सरकारमा रहदाँसम्म देशको अर्थतन्त्र सन्तुलित थियो, बाहिरिएपछि अस्तव्यस्त बन्यो’
  • बुधवार, भाद्र १५ २०७९

  • 858
    SHARES

  • एमाले आफ्नै शक्तीको आधारमा निर्वाचनमा जान्छ : गोकर्ण विष्ट

    काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफ्नै शक्तिको आधारमा निर्वाचनमा जाने बताउनुभएको छ ।

    लोकतान्त्रिक, देशभक्त र वामपन्थी शक्तीहरुसँग तालमेलका लागि ढोका खुला गरिएपनि एमाले मूख्य रुपमा भने एक्लै निर्वाचनमा जाने सचिव विष्टको भनाइ छ ।

    यस्तै गठबन्धनभन्दा बाहिर रहेका दलहरुले आफना मुद्दा र प्राथमिकताहरुमा सहमती जनाउछन् भने कतिपय ठाउँमा तालमेल गर्न ढोका खुला गरेको बताउँदै सचिव विष्टले अहिले नै यहि पार्टीसँग तालमेल गर्ने भनेर निश्कर्ष भइनसकेको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विष्टले भन्नुयो, ‘सबै दलहरु निर्वाचनमा होमिएका छन् । एमालेले आफ्नै शक्ती आधारमा निर्वाचनमा जाने तयारीमा छ । यद्यपी हामीले लोकतान्त्रिक, देशभक्त र वामपन्थी शक्तीहरुसँग तालमेलका लागि ढोका खुला गरेका छौ, संवाद धेरैसँग हुन्छ तर यहि पार्टीसँग जाने भनेर निश्कर्षमा पुगेका छैनौ तर हामी ओपन नै छौँ ।’

    एमाले सरकारमा हुँदा जनताको हक हितका लागि पर्याप्त काम गरेकाले आगामी संघीय निर्वाचनमा तीनै जनताको एमाले प्रतिको विश्वास र साथ नै एक्लै निर्वाचनमा जाने र जित्ने आधार रहेको पनि सचिव विष्टको भनाइ छ ।

    आर्थिक, सामाजिक हिसावले पछि परेका जनताको जिवनमा योगदान पुग्ने गरी एमालेले नयाँ ढंगले प्रक्रिया अगाडि बढाएको बताउँदै सचिव विष्टले एमाले सरकारमा रहदाँसम्म देशको अर्थतन्त्र सन्तुलनको अवस्थामा रहेको दाबी गर्नुभयो । यस्तै एमाले सरकारबाट बाहिरिएपछि देशको अर्थतन्त्र अस्तव्यस्त बनेको पनि सचिव विष्टको आरोप छ ।


    बुधवार, भाद्र १५ २०७९०७:४२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij