Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग

  • मंगलवार, भाद्र १४ २०७९

  • 461
    SHARES

  • बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेको छ ।

    बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेको हो ।

    आयोगले बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग तत्काल गठन गर्न, बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा यस आयोगबाट भएका सिफारिसहरू कार्यान्वयन गर्न; सर्वोच्च अदालतको फैसला, यस आयोगको सुझाव र अन्तर्राष्ट्रिय मान्यताअनुरूप हुने गरी ऐन संशोधन गरी पीडितलाई न्याय तथा परिपूरणको सुनिश्चितता गर्न माग गरेको छ ।

    त्यस्तै दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वपश्चात् तत्कालीन नेकपा (माओवादी) र नेपाल सरकारबीच भएको विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए तापनि हालसम्म सार्वजनिक हुन नसकेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

    आयोगका प्रवक्ता टीकाराम पोखरेलले बेपत्ता पारिएका व्यक्तिबारे आयोगमा परेका उजुरीहरूमाथि छानबिन र शव उत्खनन्समेत गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिका लागि सरकारलाई सिफारिस गरे पनि आयोगका सिफारिसहरू आशातीत रुपमा कार्यान्वन हुन नसकेको स्मरण गराउनुभएको छ ।


    मंगलवार, भाद्र १४ २०७९०५:१४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij