काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पूर्वाधार विकासका हिसाबले रुपन्देही लगानीको गन्तव्य बन्दै गएको बताउनु भएको छ ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, तिनाउ–दानब कोरिडोर, मोतीपूर औद्योगिक क्षेत्रलगायतका पूर्वाधारले रुपन्देही देशभरका लगानीकर्ताको आकर्षक गन्तव्य बन्दै गएको बताउनुभयो।
बुटवल– नारायणगढ र बुटवल–चन्द्रौटा ६ लेन सडक तथा सिद्धबाबामा सुरुङमार्ग निर्माणको क्रममा रहेकाले कनेक्टिभिटीका हिसाबले पर्याप्त पूर्वाधारकै कारण जिल्लामा उद्योग र तारे स्तरका होटेलहरु समेत खुल्ने क्रममा रहेको उहाँको भनाई छ ।