काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल भर्ना हुनुभएको छ । रिंगटा लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपछि खापुङलाई शुक्रबार(आज) अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव भगीश्वर लिम्बूले जानकारी दिनुभयो।
उहाँकाअनुसार मन्त्री खापुङको भिआइपी कक्षमा राखेर उपचार भइरहेको छ ।
मन्त्री खापुङ हिजो मात्रै गृह जिल्ला तेह्रथुमसहित पूर्वका जिल्ला भ्रमण गरेर काठमाडौं फर्किनुभएको थियो।