Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीमा फेरिए दुई मन्त्री

कर्णालीमा फेरिए दुई मन्त्री

  • शुक्रवार, भाद्र १० २०७९

  • 849
    SHARES

  • कर्णालीमा फेरिए दुई मन्त्री

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

    आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ ।

    माओवादीले उनीहरूको ठाउँमा जाजरकोटबाट निर्वाचित सांसद कृष्णा शाह र रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ ।

    पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार मन्त्रीमण्डल समावेशी बनाउनका लागि दुई सांसदलाई फिर्ता बोलाइएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रीका लागि शाह र कामीको नाम सिफारिस गरिएको छ ।

    कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन् । जसमध्ये सांसद शाह र कामीबाहेक अन्य ९ जना मन्त्री भइसकेका छन् ।


    शुक्रवार, भाद्र १० २०७९०१:५९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij