काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आफ्नो पार्टीलाई घेराबन्दी गरिएको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि भमलासँग कुरा गर्दै सचिव अर्यालले एमालेविरुद्धको घेराबन्दी नागरिकता विधेयकपछि मात्र नभई पहलेदेखि कै योजना भएको बताउनुभभयो ।
यस्तै उहाँले निर्वाचनमै नगईकन मधेस प्रदेशमा पार्टी कमजोर भयो भन्ने निष्कर्षमा पुग्न नमिल्ने बताउनुभएको छ । नागरिकता विधेयकमा सत्तागठबन्धन गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उहाँको तर्क छ ।
आगामी निर्वाचनमा पार्टीले घोषित गठबन्धन नगर्ने पनि उहाँको दाबी छ । एमालेले निरन्तर जनता र राष्ट्रको पक्षमा बोलेको बताउँदै सचिव अर्यालले त्यसबाटै जनताले बहुमत दिलाउने विश्वास व्यक्त गर्नुभयो ।