Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो, कुन जिल्लामा को खटिए ? (सूचीसहित)

कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो, कुन जिल्लामा को खटिए ? (सूचीसहित)

  • मंगलवार, भाद्र ७ २०७९

  • 2.6K
    SHARES

  • कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो, कुन जिल्लामा को खटिए ? (सूचीसहित)
    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदै छ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
     
    प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको हो । उहाँका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।
     
    पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।
     
    कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तीमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।
     
    प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताउनुभयो ।
     
    त्यस्तै, सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्न समेत निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ ।
     
    कुन जिल्लामा को खटिए ?

    ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा

    पाँचथर : प्रदीपकुमार सुनुवार

    इलाम : महेन्द्रकुमारी लिम्बु

    झापा : डिला संग्रौला

    संखुवासभा : उमेशजंग रायमाझी

    तेह्रथुम : लक्ष्मी परियार

    भोजपुर : भीम पराजुली

    धनकुटा : राजीव ढुंगाना

    मोरङ : ज्ञानेन्द्रबहादुर कार्की

    सुनसरी : अमृत अर्याल

    सोलुखुम्बु : कल्पना चौधरी

    खोटाङ : तारामान गुरुङ

    ओखलढुंगा : लक्ष्मी खतिवडा

    उदयपुर : बलबहादुर केसी

    सप्तरी : आनन्दप्रसाद ढुंगाना

    सिरहा : महेन्द्रकुमार राय

    धनुषा : नगिना यादव

    महोत्तरी : मञ्जु खाँण

    सर्लाही : दिनेशकुमार यादव

    रौतहट : अजयकुमार चौरासिया

    बारा : रमेश रिजाल

    पर्सा : पद्मनारायण चौधरी

    दोलखा : शान्ति परियार

    रामेछाप : हरिशरण नेपाली

    सिन्धुली : दिलमान पाख्रिन

    रसुवा : राजेन्द्र केसी

    धादिङ : मदनकृष्ण श्रेष्ठ

    नुवाकोट : मदनबहादुर अमात्य

    सिन्धुपाल्चोक : बहादुरसिंह लामा

    काभ्रे : रमा कोइराला

    चितवन : श्यामकुमार घिमिरे

    मकवानपुर : उमेश श्रेष्ठ

    भक्तपुर : अम्बिका बस्नेत

    ललितपुर : नानु बास्तोला

    काठमाडौं : जीतजंग बस्नेत

    गोरखा : ध्रुव वाग्ले

    लम्जुङ : शंकर भण्डारी

    तनहुँ : सुरेन्द्रराज पाण्डे

    कास्की : प्रदीप पौडेल

    मनाङ : गुरु बराल

    मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल

    पर्वत : चम्पादेवी खड्का

    स्याङजा : चिनकाजी श्रेष्ठ

    म्यादी : दिनेश कोइराला

    बाग्लुङ : अब्दुल सतार

    नवपुर : सरस्वती अर्याल

    नवलपरासी : मानबहादुर नेपाली

    रुपन्देही : योगेन्द्र चौधरी

    कपिलवस्तु : चन्द्रबहादुर केसी

    पाल्पा :अब्दुल रञ्जाक

    अर्घाखाँची : गोविन्दराज पोखरेल

    गुल्मी : देवेन्द्रराज कँडेल

    रुकुम पुर्व : धना खतिवडा

    रोल्पा : मैकुलाल बाल्मीकी

    प्युठान : जावेदा खातुन जागा

    दाङ : गोपाल दहित

    बाँके : दिपक गिरी

    बर्दिया : गेहेन्द्र गिरी

    रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे

    सल्यान : सीता देवकोटा

    जुम्ला : रंगमति शाही

    मुगु : कान्तिका सेजुवाल

    कालिकोट : जानकी सिंह

    जाजरकोट : सिताकुमारी राना

    दैलेख : राजीवविक्रम शाह

    सुर्खेत : सञ्जयकुमार गौतम

    कैलाली : एनपी साउद

    डडेलधुरा : ईश्वरी न्यौपाने

    कञ्चनपुर : रामजनम चौधरी

    बझाङ : गोविन्दबहादुर शाह

    डोटी : नृपबहादुर वड

    अछाम : रणबहादुर रावल

    बाजुरा : अर्जुनजंगबहादुर सिंह

    दार्चुला : यज्ञराज जोशी

    बैतडी : रमेश लेखक

     

     


    मंगलवार, भाद्र ७ २०७९०३:४०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij