Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विना निष्कर्ष सकियो गठबन्धन बैठक,  सिट बाँडफाँट नजिक पुगेको दाबी

विना निष्कर्ष सकियो गठबन्धन बैठक,  सिट बाँडफाँट नजिक पुगेको दाबी

  • सोमवार, भाद्र ६ २०७९

  • 854
    SHARES

  • विना निष्कर्ष सकियो गठबन्धन बैठक,  सिट बाँडफाँट नजिक पुगेको दाबी
    काठमाडौं । प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । 
     
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिनुभयो । उहाँले मंगलबार(भोलि) दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताउनुभयो । 
     
    ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोलि ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रित रहेर छलफल भएको मन्त्री कार्कीले बताउनुभयो । 


    सोमवार, भाद्र ६ २०७९०६:२१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij