Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

केन्या जाने राष्ट्रिय क्रिकेट टिमको बिदाइ

केन्या जाने राष्ट्रिय क्रिकेट टिमको बिदाइ

  • सोमवार, भाद्र ६ २०७९

  • 540
    SHARES

  • केन्या जाने राष्ट्रिय क्रिकेट टिमको बिदाइ
    काठमाडौं । केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई आज बिदाइ गरेको हो । नेपाली टोली आजै दिउँसो केन्या प्रस्थान गर्ने छन् ।
     
    नेपालले घरेलु टोली केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।
     
    दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ  ।
     
    राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
     
    यस्तो छ खेल तालिकाः
     
    टी–ट्वान्टी –
     
    – नेपाल र केन्याबीचको पहिलो टी–ट्वान्टी भदौ ९ गते बिहान ११ः४५ बजे सुरु ।
     
    –  दोस्रो टी–ट्वान्टी भदौ १० गते बिहान ११ः४५ बजे सुरु । 
     
    –  तेस्रो टी–ट्वान्टी भदौ १२ गते बिहान ११ः४५ बजे सुरु । 
     
    – चौथो टी–ट्वान्टी भदौ १३ गते बिहान ११ः४५ बजे सुरु ।  
     
    –  पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते बिहान ११ः४५ बजे सुरु । 
     
    एकदिवसीय –
     
    –  पहिलो खेल भदौ १७ गते बिहान ११ः४५ सुरु हुनेछ ।
     
    – दोस्रो खेल भदौ १८ गते बिहान ११ः४५ सुरु ।
     
    – तेस्रो खेल भदौ २० गते बिहान ११ः४५ सुरु  ।
     
    नेपाली टोली:
     
    सन्दीप लामिछाने(कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख, आरिफ शेख(विकेट किपर),दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद(विकेट किपर), पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव


    सोमवार, भाद्र ६ २०७९०२:५१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij