Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आचारसंहिता बनाउँदै निर्वाचन आयोग, दलहरुसँग सोमबार छलफल

आचारसंहिता बनाउँदै निर्वाचन आयोग, दलहरुसँग सोमबार छलफल

  • आइतवार, भाद्र ५ २०७९

  • 531
    SHARES

  • आचारसंहिता बनाउँदै निर्वाचन आयोग, दलहरुसँग सोमबार छलफल

    काठमाडौं । निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ ।

    आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ ।

    यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिनुभएको छ । आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गर्ने बताउनुभयो ।

    उहाँले गत निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचार संहिता पत्रकारितासँग सम्बन्धित संस्थाका व्यक्तिले ुआयोगको छुट्टै संहिता मान्दिनँु भनेको प्रति आश्चर्य लागेको बताउनुभयो ।

    प्रमुख आयुक्त थपलियाले आगामी मंसिर ४ गतेको निर्वाचन सफल बनाउनका लागि आयोगले दिव्य दृष्टि लगाएर काम गरिरहेको उल्लेख गर्नुभयो।


    आइतवार, भाद्र ५ २०७९०१:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij