Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कृषि मन्त्रालयको गाडीको ठक्करले दुईजना घाइते

कृषि मन्त्रालयको गाडीको ठक्करले दुईजना घाइते

  • शुक्रवार, भाद्र ३ २०७९

  • 599
    SHARES

  • कृषि मन्त्रालयको गाडीको ठक्करले दुईजना घाइते

    काठमाडौं । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले चढ्दै आएको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार थापा रहेको सुर्खेत प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको उक्त कारले दुई जना सवार ७६ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    घाइते दुबै जनाको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको टाउको र खुट्टामा चोट लागेको छ ।


    शुक्रवार, भाद्र ३ २०७९०१:४२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij