Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्मचारीले आत्मसम्मानका साथ काम गर्न पाउनुपर्छ : प्रचण्ड

कर्मचारीले आत्मसम्मानका साथ काम गर्न पाउनुपर्छ : प्रचण्ड

  • शुक्रवार, भाद्र ३ २०७९

  • 453
    SHARES

  • कर्मचारीले आत्मसम्मानका साथ काम गर्न पाउनुपर्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्ने बताउनुभएको छ ।

    अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टी श्रमिकको पक्षमा र सामाजिक सुरक्षाको पक्षमा लड्दै आएको बताउनुभयो ।

    ‘मैले प्रधानमन्त्रीको बहन गर्ने अवसर पाउँदा अस्थायी र ज्यालादारी कर्मचारीको सेवा सुविधाको विषयमा हेरफेर गर्ने अवसर प्राप्त भयो । तपाईंहरुको ज्याला बढ्नुपर्छ भनेर पहल गरेको व्यक्ति हुनुको नाताले मैले अहिले पनि थप पहल गर्ने विश्वास दिलाउन चाहन्छु’ प्रचण्डले भन्नुभयो, ‘निजामती सेवा ऐनलाई अन्तिम रुप दिन लागेकाले अब संसदबाट पारित गर्ने चरणमा छ ।’

    अस्थायी करार तथा ज्यालादारी कर्मचारीले निजामती कर्मचारी सरह सुविधा पाउनुपर्यो भन्नु जायज माग भएको प्रचण्डको भनाइ छ । उहाँले महंगी भक्ता, स्वास्थ्य वीमा र योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने बताउनुभयो। अस्थायी करार र ज्यालादारी कर्मचारीको फाइल अर्थ मन्त्रालयमा पुगेको बताउँदै प्रचण्डले त्यसमा पार्टीको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।


    शुक्रवार, भाद्र ३ २०७९०१:२९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij