Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले निर्वाचनमा एक्लै लड्छ : केशव बडाल

एमाले निर्वाचनमा एक्लै लड्छ : केशव बडाल

‘राष्ट्रपतिमाथि हमला गर्ने काम बन्द गरियोस्’
  • शुक्रवार, भाद्र ३ २०७९

  • 987
    SHARES

  • एमाले निर्वाचनमा एक्लै लड्छ : केशव बडाल

    काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले आगामी संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धनको एक्लै सामना गर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले पाँच दलीय गठबन्धनमा रहेका कुनै पनि दलहरुसँग सहकार्यको सम्भावना नरहेको बताउँदै गठबन्धन बाहिरका दलहरुले आफना मुद्दा र प्राथमिकताहरुमा सहमती जनाउछन् भने कतिपय आंशिक ठाउँमा तालमेल हुन पनि सक्ने तर मुख्य रुपमा एमालेले एक्लै गठबन्धनको सामना गर्ने स्पष्ट पार्नुभयो ।

    अहिलेको वर्तमान सरकारले गर्नुपर्ने र जनताको हितको काम केहि पनि नगरी आफ्नै मर्जी मात्रै कुर्सीको लागि लागिपरेको नेता बडालको आरोप छ । यस्तै नेता बडालले एउटा हातमा विवाहको प्रमाणपत्र अर्को हातमा नागरिकता दिने काम अहिलेको गठबन्धनको सरकारले गरेर नेपाली जनताको हकअधिकार र इज्जतलाई कुण्ठित बनाउने प्रयत्न गरेको बताउनुभयो ।

    राष्ट्रपतिलाई अपमान गरेर देशको सम्मान नहुने बताउँदै नेता बडालले राष्ट्रपतिमाथि लाञ्छना लगाउने र आरोप लगाउने काम भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । राष्ट्रपतिले संविधानको दायराभन्दा बाहिर गएर केहि पनि नगरेको स्पष्ट पार्दै नेता बडालले राष्ट्रपतिमाथि हमला गर्ने काम कसैले गर्न नहुने कुरामा जोड दिनुभयो ।

    राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि नागरिकता विधेयक फिर्ता पठाएपछि चौतर्फि आलोचना भएको थियो । तर हिजोको प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

    राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मानलगायतका विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो ।

    प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राखेको राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत रुपमा पारित गरियोस् भन्ने प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।

    उपस्थित १९५ सांसदमध्ये नागरिकता विधेयक जस्ताको तस्तैको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेका थिए । सभामुखले उक्त विधेयक पारित भएको घोषणा गर्नुभएको हो ।


    शुक्रवार, भाद्र ३ २०७९०७:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij