Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको मागपछि नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु 

एमालेको मागपछि नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु 

  • बिहिवार, भाद्र २ २०७९

  • 838
    SHARES

  • एमालेको मागपछि नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु 
    काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गर्नुभएको हो ।
     
    अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात् सांसदहरूले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरूले तटस्थ रहन पनि पाउनेछन् ।
     
    गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूको प्रश्नको जवाफ दिइसकेपछि प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गर्नुभएको हो। सभामुख सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।
     
     
     
     
     


    बिहिवार, भाद्र २ २०७९०६:४६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij