Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपाका उपाध्यक्ष गौतमको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ सार्वजनिक (भिडियोसहित)

नेकपाका उपाध्यक्ष गौतमको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ सार्वजनिक (भिडियोसहित)

  • शुक्रवार, भाद्र १२ २०७७

  • 1.5K
    SHARES

  • नेकपाका उपाध्यक्ष गौतमको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको 'यो मुक्त भूमि हो बुद्ध भूमि' बोलको गीत सार्वजनिक भएको छ । केहिबेर अगाडि भिडियोसहित सार्वजनिक भएको गीतमा गौतमको शब्द रहेको छ भने उहाँकै अभिनय देख्न सकिन्छ । देशभक्ति भाव बोकेको गीतमा शम्भूजित बास्कोटाका ेसंगीत रहेको छ ।

    मनोहर सुनामको एरेन्जमा तयार पारिएको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् ।

    गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् । गौतमको शब्दमा गीतहरु यो भन्दा पहिलापनि सार्वजनिक भैसकेका छन् । उहाँका गीतहरु राष्ट्रियताले ओतप्रोत छन् ।

    त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ । गौतमले नेपालको राष्ट्रिय गानका लागि गराइएको प्रतिस्पर्धामा पनि भाग लिनुभएको थियो तर, उहाँको गीत छनोटमा परेन ।

    छन्द कविता र गीति लेखनमा आफ्नो जीवनको प्रारम्भिक अवस्थादेखि नै रुचि रहेको गौतमको भनाई छ ।

     


    शुक्रवार, भाद्र १२ २०७७०७:५८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij