काठमाडौं । जातीय विभेदसहित कुटपिटको शिकार भएकी एथ्लेटिक्स खेलाडी चन्दकला लामगादे अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
झापाको मेचीनगरस्थित चारआलीमा सोमबार राति दलित युवकलाई जोगाउने क्रममा स्थानीय छिमेकीबाट दुर्व्यवहारसहित कुटपिटमा परेकी चन्द्रकला शुक्रबार डिस्चार्ज भएकी हुन् ।
चन्द्रकलासहित उनका श्रीमान् सुमन खातीमाथि समेत आक्रमण भएको थियो । विर्तामोडको विएन्डसी अस्पतालमा भर्ना भएको ५ दिनपछि चन्द्रकला डिस्चार्ज भएकी हुन् ।
७ महिनाको गर्भवतीसमेत रहेकी चन्द्रकलाले हस्पिटलमा कोरोना भाइरसको डर भएकाले घरमै विश्राम गर्ने बताइन् ।
सटपुटकी चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी थिइन् । कोरोनाका कारण देशभर लकडाउन भएपछि उनी झापा गएकी हुन् ।