Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको सन्देशबारे संसद्लाई भोलि जानकारी गराइने

राष्ट्रपतिको सन्देशबारे संसद्लाई भोलि जानकारी गराइने

  • सोमवार, श्रावण ३० २०७९

  • 619
    SHARES

  • राष्ट्रपतिको सन्देशबारे संसद्लाई भोलि जानकारी गराइने
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पठाएको सन्देश प्रतिनिधिसभालाई मंगलबार जानकारी गराइने भएको छ ।
     
    सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको मंगलबारको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक संदेश सहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।
     
    राष्ट्रपति भण्डारीले आफूकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्विचारका लागि भन्दै सोमबार प्रतिनिधि सभामै फिर्ता पठाउनुभएको थियो । 
     
    मंगलबार राष्ट्रपति कार्यालयको पत्र सङ्घीय संसद् सचिवालयमा पुगेको छ । प्राप्त राष्ट्रपति कार्यालयको पत्रबारे मंगलबार सदनलाई जानकारी गराउने संभावित कार्यसूची आएको हो ।
     
    राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश पठाइएको छ ।
    Nagarikta-bidhayek-samsad.png
     


    सोमवार, श्रावण ३० २०७९०५:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij