काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने बताउनुभएको छ।
बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताउनुभएको हो ।
‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं’, भट्टराईले भन्नुभयो । बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।
उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने भट्टराईले बताउनुभयो । एमालेले ५ सिट जित्छ भन्नेहरूले स्थानीय चुनावको नतिजा बिर्सेको भट्टराईले बताउनुभयो ।