Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एन्फा कार्यसमिति बैठक भोलि बस्दै, २२ एजेण्डामाथि छलफल हुने

एन्फा कार्यसमिति बैठक भोलि बस्दै, २२ एजेण्डामाथि छलफल हुने

  • बुधवार, श्रावण २५ २०७९

  • 550
    SHARES

  • एन्फा कार्यसमिति बैठक भोलि बस्दै, २२ एजेण्डामाथि छलफल हुने
    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि (बिहीबार) बस्दै छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ ।
     
    यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबण्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्वाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुसी राख्न असफल भएका छन् । 
     
    चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नवीन पाण्डेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् । पाण्डेबाट बढी दबाब खेप्दै आएपछि नेम्वाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाण्डे एन्फा राजनीतिमा हाबी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाण्डेको बर्खास्तीको माग गरेको छ । 
     
    जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय विभाग प्रमुख पाण्डेको बर्खास्ती माग गरेका छन् । भोलिको बैठकमा सबैको ध्यान यसैमा हुनेछ । यस्तै, प्रवक्तासहित तीन सह महासचिव, मानार्थ अध्यक्षको नियुक्त हुनेछ । यस्तै, महिला साफ आयोजना समेत मुख्य विषय रहेको छ । भोलि हुने बैठकमा २२ एजेण्डा रहेका छन् ।
     


    बुधवार, श्रावण २५ २०७९०४:०२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij