Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१ हजारबाट उकालो लाग्यो कोरोना सङ्क्रमितको सङ्ख्या, २ को मृत्यु

१ हजारबाट उकालो लाग्यो कोरोना सङ्क्रमितको सङ्ख्या, २ को मृत्यु

  • मंगलवार, श्रावण २४ २०७९

  • 757
    SHARES

  • १ हजारबाट उकालो लाग्यो कोरोना सङ्क्रमितको सङ्ख्या, २ को मृत्यु
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
     
    सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा सङ्क्रमण पुष्टि भएको छ । 
     
    यस्तै पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना सङ्क्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।
     


    मंगलवार, श्रावण २४ २०७९०५:४५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij