काठमाडौं । सुनको मूल्य आज मंगलबार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।