Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मुगुका तत्कालीन डिभिजन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगुका तत्कालीन डिभिजन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • आइतवार, श्रावण २२ २०७९

  • 1.3K
    SHARES

  • मुगुका तत्कालीन डिभिजन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुका तत्कालीन डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध ६ लाख ३२ हजार ६७७ रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
     
    मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ मा आर्थिक वर्ष २०७६/०७७ मा पदमार्ग निर्माण कार्यमा अनियमितता भएको भन्दै आज विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
     
    वन अधिकृत बुढथापासँगै सब–इन्जिनियर गोर सिंह बडूवाल, असिस्टेन्ट सब–इन्जिनियर हिमालकुमार मल्लले कामै नभएको भए पनि ६ लाख ३२ हजार ६७७ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अभियोग पत्रमा उल्लेख छ । 
     
    त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुसुमदेवी शाहीविरुद्ध पनि त्यति नै रकम बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
     
    कर्णाली प्रदेश सरकारबाट विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण काममा अनियमितता भएको हो ।
     


    आइतवार, श्रावण २२ २०७९०५:३२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij