Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध   

मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध   

  • शनिवार, श्रावण २१ २०७९

  • 650
    SHARES

  • मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध   
    काठमाडौं। लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु-मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ ।
     
    ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् ।
     
    बाढीका कारण मेलम्ची नगरपालिका-११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् ।
     
    यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्‍याएको छ । शुक्रबार राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका-८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ ।


    शनिवार, श्रावण २१ २०७९०१:३९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij