Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचनपछि एकीकृत समाजवादी महत्वपूर्ण शक्तिका रुपमा आउँछ : खनाल

निर्वाचनपछि एकीकृत समाजवादी महत्वपूर्ण शक्तिका रुपमा आउँछ : खनाल

  • शुक्रवार, श्रावण २० २०७९

  • 1.9K
    SHARES

  • निर्वाचनपछि एकीकृत समाजवादी महत्वपूर्ण शक्तिका रुपमा आउँछ : खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्षम रहेको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भन्नुभयो, “एक्लै लड्ने पनि हक छ, तालमेल गर्ने पनि हक छ । अब आउने निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) महत्वपूर्ण शक्तिका रुपमा आउँछ ।”

    पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँडका लागि आधारहरु तय भइरहेको पनि खनालले बताउनु भएको छ । बहसमा बोल्दै, मुलुकलाई समाजवादतर्फ लाने पार्टीका पक्षमा चुनावी परिणाम आउने ठोकुवा पनि खनालले गर्नुभएको छ ।

    सैद्धान्तिक एकरुपता भएका पार्टीहरुबीच साझा घोषणापत्र र चुनाव चिह्न लिएर जानेबारेमा पनि छलफल चलिरहेको खनालले जानकारी दिनुभयो ।


    शुक्रवार, श्रावण २० २०७९०९:१५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij