Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सीट बाँडफाँडको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक भोलि बस्दै

सीट बाँडफाँडको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक भोलि बस्दै

  • बिहिवार, श्रावण १९ २०७९

  • 735
    SHARES

  • सीट बाँडफाँडको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक भोलि बस्दै

    काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो ।

    सत्ता गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताएका छन् । भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ ।

    सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् । सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ ।


    बिहिवार, श्रावण १९ २०७९०३:५३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij