Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले वडाका विवाद वडास्तरमै समाधान गर्ने

काठमाडौं महानगरले वडाका विवाद वडास्तरमै समाधान गर्ने

  • बुधवार, श्रावण १८ २०७९

  • 649
    SHARES

  • काठमाडौं महानगरले वडाका विवाद वडास्तरमै समाधान गर्ने
    काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा मेलमिलाप कक्ष बनाएर न्यायिक समितिमा आउने विवाद वडा तहमै समाधान गर्ने तयारी गरेको छ ।
     
    कामपाको न्यायिक समितिले इजलासबाट न्याय निरूपणका काम थालनी गरेको अवसरमा बुधबार(आज) आयोजित कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले जानकारी गराउनुभयो ।
     
    अहिले न्यायिक समितिमा २४२ उजुरी छन् । यीमध्ये १४४ वटा मुद्दा सरेर आएका हुन् । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिसम्बन्धी व्यवस्था गरिएको छ । समितिको कार्यसम्बन्धी व्यवस्था, कर्तव्य र क्षेत्राधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ८ मा व्यवस्था छ । 
     
    समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रिया सञ्चालन गर्छ । १ वर्ष कैद हुनसक्ने फौजदारी मुद्दा, मेलमिलाप हुनसक्ने देवानी मुद्दा, २५ लाख रुपैयाँ बिगो भएको घर बहाल र घर बहाल सुविधा भएको मुद्दालगायत न्यायिक समितिको जिम्मेवारीमा पर्छन् । 


    बुधवार, श्रावण १८ २०७९०७:४६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij