Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले सय सिट दाबी गर्छ भने एक्लै लडोस : लीलामणि पोखरेल

कांग्रेसले सय सिट दाबी गर्छ भने एक्लै लडोस : लीलामणि पोखरेल

  • बुधवार, श्रावण १८ २०७९

  • 855
    SHARES

  • कांग्रेसले सय सिट दाबी गर्छ भने एक्लै लडोस : लीलामणि पोखरेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले गठबन्धन समझदारीमा हुने भएकाले तोकेर सिट दाबी गर्न नमिल्ने बताउनुभएको छ । आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले सय सिट चाहिन्छ भन्ने अडान लिए कांग्रेस एक्लै लडोस तर उसले मागेको जति सिट दिन नसक्ने नेता पोखरेलले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भन्नुभयो, ‘गठबन्धन समझदारीमा हुने हो । त्यसकारण कांग्रेसले यति सिट चाहिन्छ भनेर हुँदैन । कांग्रेसलाई सय सिट चाहिन्छ भन्ने हो भने एक्लै लडोस् ।’

    समझदारी र गठबन्धमा जाने हो भने गठबन्धनकै मान्यता अनुसार चल्नुपर्ने समेत नेता पोखरेलको तर्क छ । केका आधारमा कांग्रेसले सय सिट दाबी गरेको प्रश्न गर्दै नेता पोखरेलले दम्भ प्रकट गरेर नहुने बताउनुभयो ।

    यस्तै नेता पोखरेलले नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरुविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल, आजै अहिले नै फिर्ता लिनुपर्ने कुरामा जोड दिनुभएको छ ।

    पोखरेलले भन्नुभयो, ‘अघिल्लो सरकारले तीनबुँदे सहमति गर्ने, यो सरकारले पक्राउ पुर्जी जारी गर्ने मिल्दैन । सहमति भनेको मानमर्दन र अलमल्याउन गर्ने होइन । विप्लव समूहले शान्तिपूर्ण राजनीतिमा आउन तयार छौं भनिसकेपछि फेरि अदालती प्रक्रियामा जाँदा फेरि अशान्ति मच्चिन सक्छ । त्यो पक्राउ पुर्जी आजै अहिल्यै तुरुन्तै फिर्ता गर्नुपर्छ ।’

     


    बुधवार, श्रावण १८ २०७९०८:५७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij