Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशमा काँग्रेसको मन्त्री हेरफेरबारे आज टुङ्गो लाग्ने 

लुम्बिनी प्रदेशमा काँग्रेसको मन्त्री हेरफेरबारे आज टुङ्गो लाग्ने 

  • मंगलवार, श्रावण १७ २०७९

  • 659
    SHARES

  • लुम्बिनी प्रदेशमा काँग्रेसको मन्त्री हेरफेरबारे आज टुङ्गो लाग्ने 
    काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले मन्त्री परिवर्तन गर्ने या नगर्ने विषयमा आज टुङ्गो लगाउने भएको छ । 
     
    नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मन्त्रीहरू परिवर्तनको विषयमा केन्द्रीय नेताहरूसँगै छलफल गरेर आज नै टुङ्ग्याउने बताउनुभएको हो । 
     
    काठमाडौँमा रहेका कनैडियालले प्रधानमन्त्री र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर यो विषयमा आज फाइनल गर्ने बताउनुभयो । 
     
    नेपाली काँग्रेसको प्रदेश संसदीय दलको असार १३ गते बसेको बैठकले मन्त्रीहरू परिवर्तन गर्ने विषयमा निर्णय गरेको थियो । तर प्रदेशको निर्णयमा केन्द्रीय नेताहरूको राय माग्दा ढिलाइ भएको हो । 
     
    लुम्बिनीमा सरकार गठनका बेला २०७८ साउनमै सरकारको नेतृत्व आठ–आठ महिना गर्ने गठबन्धनमा भद्र सहमति भएको थियो । तर, केन्द्रीय गठबन्धनमै समस्या पर्ने भन्दै केन्द्रबाट सरकारको नेतृत्व परिवर्तन नगर्ने बरु मन्त्री परिवर्तन गरेर समाधान खोज्ने सहमतिपछि मन्त्री परिवर्तनमा गठबन्धनका दुई दल लागेका छन् । 
     
    नेपाली काँग्रेसले मन्त्रीहरू फेर्नासाथ माओवादीले पनि फेर्ने तयारी गरेको छ । तर त्यसो नभएमा अहिलेकै मन्त्रीहरु यथावत् रहने माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनुभयो । काँग्रेस र माओवादीबीच प्रदेश सरकारको बजेट पारित गरेपछि साउन ५ भित्र लुम्बिनी सरकारका मन्त्री हेरफेर गर्ने आन्तरिक सहमति भएको थियो । त्यही अनुसार काँग्रेसले असार १३ गते नै संसदीय दलको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने विषयमा निर्णय गरेको थियो ।


    मंगलवार, श्रावण १७ २०७९०२:१९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij