Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

घटनास्थलमा भेटियो ४ पेजको ‘सुसाइड नोट’

घटनास्थलमा भेटियो ४ पेजको ‘सुसाइड नोट’

  • सोमवार, श्रावण १६ २०७९

  • 976
    SHARES

  • घटनास्थलमा भेटियो ४ पेजको ‘सुसाइड नोट’

    काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।

    गोरखा घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए । घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।

    घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

    प्राप्त प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।


    सोमवार, श्रावण १६ २०७९०२:५२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij