Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धन अपराधीको साक्षी बन्यो : केशव बडाल

सत्ता गठबन्धन अपराधीको साक्षी बन्यो : केशव बडाल

‘शर्मालाई जोगाउनु लोकतन्त्रविरोधी काम हो’
  • सोमवार, श्रावण १६ २०७९

  • 696
    SHARES

  • सत्ता गठबन्धन अपराधीको साक्षी बन्यो : केशव बडाल

    काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले जतिसुकै ठूलो अपराध भए पनि त्यसलाई जोगाउन सत्ता गठबन्धन लागेको र राज्य नै अपराधीको साक्षी बनेको आरोप लगाउनुभयो ।

    देशमा अपराधीलाई उन्मुक्ति दिनका लागि सिंगो राज्यसंयन्त्र लाग्न नमल्निे बताउँदै नेता बडालले अर्थमन्त्री शमलाई जोगाउनु लोकतन्त्रविरोधी काम भएको दाबी गर्नुभएको छ ।

    सिंगो गठबन्धन अपराधकर्ममा लिप्त रहेको आरोप लगाउँदै नेता बडालले शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्नु राष्ट्रहित विपरीत भएको टिप्पणी गर्नुभयो ।


    सोमवार, श्रावण १६ २०७९०८:५७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij