Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री शर्मामाथि गरिएको छानबिन निस्पक्ष : लक्ष्मणलाल कर्ण

अर्थमन्त्री शर्मामाथि गरिएको छानबिन निस्पक्ष : लक्ष्मणलाल कर्ण

‘पत्रकारले आगो लगाउने काम मात्रै गरे’
  • सोमवार, श्रावण १६ २०७९

  • 1.2K
    SHARES

  • अर्थमन्त्री शर्मामाथि गरिएको छानबिन निस्पक्ष : लक्ष्मणलाल कर्ण

    काठमाडौं । संसदीय विशेष छानबिन समितिका सभापति लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिन निस्पक्ष भएको दाबी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले समितीमा सबै पार्टीका व्यक्ति संलग्न रहेकाले पनि छानबिनमा कुनै शंका नरहेको र निस्पक्ष भएको सभापतिलाई बुझाएको प्रतिवेदनले प्रस्ट पारेको बताउनुभयो । 

    समितीले उक्त विषयमा सोध्नुपर्ने र बुझ्नुपर्ने सबै नेता, कार्यकर्ता, कर्मचरी र समाचार लेख्ने पत्रकारसँग सोधपुछ गरेरै प्रतिवेदन तयारी पारेको बताउँदै कर्णले सोहि विवादित समाचार लेख्ने पत्रकारले सोर्स खोल्न नचाहेको भन्दै आपत्ती समेत जनाउनुभयो । यस्तै उहाँले पत्रकारले खाली आगो लगाउने काम मात्रै गर्ने आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीले सबैसँग सोध्यौँ र बुझ्यौँ तर जस्ले यो समाचार लेख्यो उसलाई बोलाएर हामीले घण्टौ कुरा गर्‍यौँ तर उहाँहरुले ‘मेरो नैतिकता हो, म सोर्स खोल्दिन’ भन्छ ।’

    यस्तै उहाँले कसैमाथि फौजदारी अभियोग नलागेकाले पनि कल डिटेल्स माग्ने समितीको दायित्व नभएको प्रस्ट पार्नुभयो । 

    मन्त्री शर्मा माथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिनुभएको थियो तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो ।

    राजीनामा दिएको २५ दिनपछि हिजो पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । संसदीय छानबिन विशेष समितिबाट सफाई पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

     


    सोमवार, श्रावण १६ २०७९०७:१४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij