Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनताबाट गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

जनताबाट गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

  • आइतवार, श्रावण १५ २०७९

  • 720
    SHARES

  • जनताबाट गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

    मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका प्रमुखलाई निर्देशन दिनुभयो।

    सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्टरनेट सेवालाई व्यावहारिक रुपमै सर्भसुलभ, भरपर्दो र सर्वसाधारण पहुँचयोग्य बनाउने सरकारको योजना रहेको सुनाउँदै सरकारका प्रवक्ता कार्कीले पछिल्लो समयमा मन्त्रालयले सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्ने गरी कार्ययोजना बनाइरहेको र ती योजना कार्यान्वयन भइसकेपछि मन्त्रालयको साख अझै उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।

    संस्थालाई अगाडि बढाउन नेतृत्वले ‘मोटिभेसन’ गर्नुपर्नेमा जोड दिँदै उहाँले सुशासन, पारदर्शिता र जवाफदेहिता कायम राखेर सबैलाई जिम्मेवारीका साथ अगाडि बढ्नसमेत निर्देशन दिनुभयो । गत आवमा १२२ माइलस्टोन योजना तोकेकोमा ६७ माइलस्टोन पूर्ण रुपमा कार्यान्वयन भएको, ४३ वटा माइलस्टोन योजना कार्यसम्पन्न हुने दिशामा अग्रसर भएको र ३२ माइलस्टोनहरु सुरु नै नभएको अवस्था रहेको मन्त्री कार्कीको भनाइ छ । ४२ वटा माइलस्टोनमा किन अपेक्षित सफलता हासिल हुन सकेन, ३२ वटा किन सुरु नै भएन भन्ने बारेमा समीक्षा गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिनुभयो।

    राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले सञ्चार क्षेत्रलाई लैङ्गिक समानताको मुद्दा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले जुन काम जुन त्रैमासिकमा सकिनुपर्ने हो त्यही त्रैमासिकमा सम्पन्न गर्ने गरी आगामी आवको योजना बनाउन निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

     


    आइतवार, श्रावण १५ २०७९०६:१२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij