Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • आइतवार, श्रावण १५ २०७९

  • 788
    SHARES

  • टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-३ ग्राण्डी पछाडिको सडकमा आज  भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
     
    दुर्घटनामा एक जना घाइते भएका छन् ।  बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 
     
    दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाण्डौको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।  
     
    घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षीय समीर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।
     


    आइतवार, श्रावण १५ २०७९०५:३०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij