काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले संसदीय छानबिन समितिले अनधिकृत व्यक्तिको संलग्नता हेर्न नचाहेको आरोप लगाउनुभएको छ ।
बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको विवादमा गठन भएको संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट दिएको प्रसंगमा उक्त समितीको सदस्य समेत रहनुभएका अधिकारीले संसदीय छानबिन समितीले सुरुदेखि नै हेर्न नचाहेको आरोप लगाउनुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले जनार्दश शर्माले उदेश्यमुलक ढंगले सीसीटिभी फुटेज नस्ट गरेको बताउनुभएको छ ।
यस्तै नेता अधिकारील शर्मालाई क्लिन चिट नदिएको पनि दाबी गर्नुभएको छ । छाबिन परिपक्व र प्रशोधित नभएको बताउँदै नेता अधिकारीले छानबिन अपुरो रहेको बताउनुभएको छ । सत्तापक्ष जनार्दनलाई कसरी उन्मुक्ती दिने भन्ने मै केन्द्रित रहेको आरोप लगाउँदै नेता अधिकारीले छानबिन नै नभएको दाबी पनि गर्नुभएको छ ।
नेता अधिकारीले भन्नुभयो, ‘उहाँले(पूर्वअर्थमन्त्री शर्मा) अनियमितता गरेकै हो, उहाँले राजश्वका दरहरुमा कानुनविपरीत निर्णय तलमाथि गरेकै हो, बजेट वक्तव्य लेख्न लाएर भन्सारको प्रमुखलाई अरुलाई करका दर परिवर्तन गर्न लगाउनुभयो पाँच महिना पहिला लिएर आएका कर्मचारीहरुमार्फत । कानुनको रित पुगेको कुरा गरे पनि शर्माको नियत नै राम्रो थिएन भन्ने कुरा बहुमत संसदीय सदस्यहरु कै विवरणले पनि पुष्टि गर्छ । ’