Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

  • शुक्रवार, श्रावण १३ २०७९

  • 1.4K
    SHARES

  • हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ
    काठमाडौं । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रवीण चौलागाईं बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
     
    इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत चौलागाईं पक्राउ परेका हुन् ।
     
    साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । अधिकारीले घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको बताउनुभयो । 
     
    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार प्रहरी असई चौलागाइले शुक्रबार बिहान २ बजेरित प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा पुर्‍याएका थिए । त्यसपछि हिरासतमा रहेका अन्य केटाहरुले मध्य रातमै होहल्ला गरेका थिए ।
     
    घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।


    शुक्रवार, श्रावण १३ २०७९०५:५५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij