Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पहिरोमा अभिभावक गुमाएका आठ बालिकाको पढाइको जिम्मा लिने पूर्वमन्त्री बस्नेतको घोषणा

पहिरोमा अभिभावक गुमाएका आठ बालिकाको पढाइको जिम्मा लिने पूर्वमन्त्री बस्नेतको घोषणा

  • बुधवार, भाद्र १० २०७७

  • 1.2K
    SHARES

  • पहिरोमा अभिभावक गुमाएका आठ बालिकाको पढाइको जिम्मा लिने पूर्वमन्त्री बस्नेतको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पहिरोमा अभिभावक गुमाएका आठ जना बालिकाको शिक्षा–दिक्षाको जिम्मा लिने घोषणा गर्नुभएको छ । पूर्वमन्त्री बस्नेतले लिदी पहिरोमा अभिभावक गुमाएका सात र जम्बु पहिरोमा अभिभावक गुमाएकी अर्की एक बालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा गरेका हुन् ।

    कांग्रेसको खेलकुद विभाग प्रमुखसमेत रहेका नेता बस्नेतले बुधबार प्रेस विज्ञप्तिमार्फत उक्त घोषणा गर्नुभएको हो ।

    लिदी पहिरोमा अभिभावक गुमाएर टुहुरो हुने स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, कान्छी दोङ र एक नाम नखुलेकी बालिका तथा जम्बु पहिरोमा पाँच जना परिवारका सदस्य गुमाएर एक्लै बाचेकी छिरिङ गोलेसहित आठ जनालाई १२ कक्षासम्म पढाउने निर्णय उहाँले गर्नुभएको छ ।

    उनीहरुलाई काठमाडौं उपत्यकाभित्रै रहेका स्कुलको होस्टलमा राखेर पढाउने घोषणा पूर्वमन्त्री बस्नेतले गर्नुभएको हो ।

    118387689_315579219756130_5224046276856311346_n.jpg


    बुधवार, भाद्र १० २०७७०६:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij