Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चन्द्रकलामाथि जातीय विभेदसहित कुटपिट गर्नेलाई कारवाहीको माग

चन्द्रकलामाथि जातीय विभेदसहित कुटपिट गर्नेलाई कारवाहीको माग

  • बुधवार, भाद्र १० २०७७

  • 1.0K
    SHARES

  • चन्द्रकलामाथि जातीय विभेदसहित कुटपिट गर्नेलाई कारवाहीको माग

    काठमाडौं । नेपाल एथ्लेटिक्स संघले कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि जातीय विभेदसहित कुटपिट गर्नेलाई कडा सजायको माग गरेको छ ।

    संघका अध्यक्ष राजीवविक्रम शाहले आज बिज्ञप्ति जारीगरी घटनाको घोर भत्सना गर्दै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गरेका हुन् ।

    सोमबार राति झापाको मेचीनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा चन्द्रकलासहित उनका श्रीमान् सुमन खातीमाथि आक्रमण भएको थियो । स्थानीय छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुको कुटाइबाट चन्द्रकला घाइते भएकी छिन् ।

    श्रेष्ठ दाम्पतिले चन्द्रकला र उनका श्रीमान्लाई जातीय विभेदयुक्त शब्दसहित गाली–गलौज गर्दै आक्रमण गरेका थिए । घाइते चन्द्रकलाको अवस्था गम्भीर बनेपछि उनको अहिले विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भईरहेको छ । उनी ७ महिनाकी गर्भवती छिन् ।

    नेपाल पुलिसकी खेलाडी चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी थिइन् । कोरोनाका कारण देशभर लकडाउन भएपछि उनी झापा गएकी थिइन् ।

    उनले नौं महिना अघिमात्र विवाह गरेकी हुन् । जातीय विभेदसहित गाली–गलौज गरेका श्रेष्ठ दाम्पतिलाई धुलाबारीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उनीहरुमाथि पाँच दिनको म्याथ थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    एथ्लेटिक्स संघका अध्यक्ष शाहले चन्द्रकलाको स्वास्थ्योपचारका लागि संघका तर्फबाट २१ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
    अहिले चन्द्रकला र उनको पेटमा रहेको बच्चाको अवस्था ठीक रहेको चिकित्सकले बताएका छन् ।

     


    बुधवार, भाद्र १० २०७७०६:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij