Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसिया कप क्रिकेट यूएईमा हुने

एसिया कप क्रिकेट यूएईमा हुने

  • बिहिवार, श्रावण १२ २०७९

  • 718
    SHARES

  • एसिया कप क्रिकेट यूएईमा हुने

    काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले अगष्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा हुने तय भएको एसिया कप यूएईमा सार्ने निर्णय गरेको छ ।

    श्रीलंकामा भइरहेको आर्थिक संकट र प्रदर्शनलाई मध्यनजर गर्दै एसिया कप सारिएको हो ।

    प्रतियोगितास्थल सार्दा श्रीलंकाली क्रिकेट समर्थकमा आघात पुग्ने भए पनि अहिलेको परिस्थिती हेरेर तथा श्रीलंका क्रिकेट काउन्सिलसँग सल्लाह गरेर नै यो निर्णय लिइएको एसीसीका अध्यक्ष जय साहले बताउनुभएको हो।

    खेल यूएईमा हुने भए पनि आयोजक भने श्रीलंका क्रिकेट बोर्डसँग नै रहने छ ।

    श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष साम्मी सिल्भाले चाहेर पनि श्रीलंकाली भूमिमा प्रतियोगिता गर्न नसकेको बताउनुभएको छ ।

    युएई क्रिकेट बोर्डका उपाध्यक्ष खलिद अल जरोनीले खेलस्थल उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरेको बताएका छन् ।

    एशिया कप क्रिकेटमा यूएईसहित, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।

     


    बिहिवार, श्रावण १२ २०७९०१:३०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij