Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाबाट योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक पारित

प्रतिनिधि सभाबाट योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक पारित

  • मंगलवार, श्रावण १० २०७९

  • 607
    SHARES

  • प्रतिनिधि सभाबाट योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक पारित
    काठमाडौं । प्रतिनिधि सभाबाट योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक २०७८ पारित भएको छ। 
     
    मंगलबार(आज) बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक, २०७८ माथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो। 
     
    शिक्षामन्त्री पौडेलको जवाफपछि सभामुख अग्निप्रसाद सापकोटाले योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक २०७८ का सन्दर्भमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन १ देखि ५ सम्मका उल्लेखित संशोधनको प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्न गर्नुभएको थियो ।
     
    उक्त प्रस्ताव पारित भएसँगै सभामुख सापकोटाले उक्त संशोधित प्रस्तावलाई प्रतिनिधिसभाबाट विधेयकको महत्त्वपूर्ण अंग बनोस् भनेर ध्वनि मतका आधारमा बहुमतबाट पारित भएको घोषणा गर्नुभएको हो।


    मंगलवार, श्रावण १० २०७९०४:०६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij