Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नागरिकता समस्या समाधान गर्नका लागि सबैभन्दा बढी चिन्तित पार्टी एमाले हो : विष्णु रिजाल

नागरिकता समस्या समाधान गर्नका लागि सबैभन्दा बढी चिन्तित पार्टी एमाले हो : विष्णु रिजाल

‘नेपालको नागरिकता गलत ढंगले कसैले पनि नलियोस भन्नेबारे सचेत हुनुपर्छ’
  • मंगलवार, श्रावण १० २०७९

  • 1.0K
    SHARES

  • नागरिकता समस्या समाधान गर्नका लागि सबैभन्दा बढी चिन्तित पार्टी एमाले हो : विष्णु रिजाल

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नागरिकता समस्या समाधान गर्नका लागि सबैभन्दा बढी चिन्तित भएको पार्टी एमाले रहेको दाबी गर्नुभएको छ ।

    २०५१ सालमा एमालेले नागरिकता समस्या समाधानसम्बन्धी आयोग नै बनाएर काम गरेको स्मरण गराउँदै नेता रिजालले नेपालको नागरिकता कुनै पनि गलत एकजना व्यक्तिले गलत ढंगले नलियोस भन्ने कुरामा सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

    आफूहरु सरकारमा हुँदा या नहुँदा पनि नागरिकताको समस्यालाई कहिल्यै राजनीति नगरेको नेता रिजालले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भन्नुभयो, ‘नेपाल जनसांखिक हिसावले दुई ठुला मुलुकहको बिचमा छ, भुराजनीतिक ढंगले संवेदनशील अवस्थामा छ, अरु देशको सानो जनसंख्याको ‘तलवितल’ले पनि नेपालको जनसंख्यामा ठुलो उथलपुथल हुन्छ यसकारण कुनै गलत व्यक्ति एकजनाले पनि नागरिकता प्राप्त नगरोस भनेर हामीेले समेत सचेतता अपनाउनुपर्छ ।’

    नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाको हिजोको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको हो ।

    नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले विधेयकका कतिपय प्रावधानप्रति विभिन्न प्रश्न र आशंका प्रकट गरेका छन् भने एमालेले प्राप्त गर्ने समयसीमा हटाइएकोप्रति आपत्ती जनाएको छ ।


    मंगलवार, श्रावण १० २०७९०७:२६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij