Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रतिबन्ध लाग्दा पनि आयात भयो वर्षमा ३ अर्ब ७१ करोडको मदिरा

प्रतिबन्ध लाग्दा पनि आयात भयो वर्षमा ३ अर्ब ७१ करोडको मदिरा

  • सोमवार, श्रावण ९ २०७९

  • 557
    SHARES

  • प्रतिबन्ध लाग्दा पनि आयात भयो वर्षमा ३ अर्ब ७१ करोडको मदिरा
    काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८-०७९ (साउन २०७८-असार २०७९ सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात  गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो ।
     
    भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनअनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३ अर्ब ७१ करोडको १५ लाख १६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको छ ।
     
    यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष ०७७-०७८ मा नेपालले २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर मदिरा आयात गरेको थियो । १३ चैत २०७८देखि सरकारले रक्सी आयात रोकेको छ ।


    सोमवार, श्रावण ९ २०७९०१:३६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij